इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन्।
बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६० औं मिनेटमा गाल गर्दै चेल्सीले अग्रता लिएको थियो।
तर, त्यसको दुई मिनेटपछि म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे। खेलमा त्यसपछि कुनै गोल हुन सकेन र दुवैले १/१ अंक बाँडेका हुन्।
यससँगै लिगको तेस्रो स्थानमा रहेको चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ भने छैटौं स्थानमा रहेको युनाइटेडले ३५ खेलबाट ५५ अंक जोडेको छ।
33
Shares
प्रतिक्रिया