रियल म्याड्रिड स्पेनिस ला लिगाको ४ खेल बाँकी छँदै च्याम्पियन बनेको छ।
शनिबार राति भएको खेलमा स्पान्योललाई ४–० ले पराजित रियल च्याम्पियन बनेको हो।
घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक एक गोल गरे।
पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप २ गोल गर्यो।
खेलको ३३औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ४३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ५५औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए। ८१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलको जित पक्का गरे।
रियलले पछिल्लो पटक सन् २०१८–१९ को उपाधि जितेको थियो। रियलले ३४ खेलमा २५ खेलमा जित, ६ खेलमा बराबरी र ३ खेलमा हारको नतिजा निकालेको छ।
दोस्रो स्थानमा रहेको सेभियाको ६४ र तेस्रो स्थानको बार्सिलोनाको ६३ अंक छ।
Shares
प्रतिक्रिया