स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कामाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
आइतबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २५ औं मिनेटमा मेम्फिस डिपे र खेलको ५४ औं मिनेटमा सर्जिओ बुस्केट्सले गोल गरेका थिए।
खेलको ७९ औं मिनेटमा मालोर्काका एन्टोनियो राइल्लोले गोल गरेक थिए।
घरेलु मैदानमा भएको लगातार तीन खेल हारेको बार्सिलोनाले आइतबारको खेलमा भने हारको शृङ्खला अन्त्य गरेको हो।
यससँगै बार्सिलोनाले ३४ खेलबाट ६६ अंक जोडेको छ। लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ८१ अंक हात पार्दै लिगको उपाधि पक्का गरिसकेको छ।
54
Shares
प्रतिक्रिया