ad ad

खेल


आईपीएलः हैदराबादमाथि दिल्लीको जित

आईपीएलः हैदराबादमाथि दिल्लीको जित

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार ७:३२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएका खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि २१ रनको जित हात पारेको छ।

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो। दिल्लीका लागि डेभिड वार्नरले अविजित ९२ रन तथा रोभमन पावेलले अविजित ६७ रनको पाली खेलेका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो। हैदराबादका लागि निकोलस पूरनले ६२ रन बनाए भने ऐडेन मार्करमले ४२ रनको पाली खेलेका थिए। 

दिल्लीका लागि खालील अहमदले ३ विकेट लिएका थिए। यससँगै दिल्लीले १० खेलबाट १० अंक हात पारेको छ भने हैदराबादले पनि समान खेलबाट समान अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .