भदौ अन्तिम साता चीनको ग्वाङ्झाउमा हुने भनिएको १९ औँ एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ।
कोभिड–१९ का कारण एसियाड स्थगित भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले बताए।
एसियाड भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका थियो। स्थगित एसियाड सन् २०२३ मा हुने बताइएको छ।
ओसिएको शुक्रबार बसेको कार्यकारी बोर्ड बैठकले एसियाड स्थगित गर्ने निर्णय गरेको हो।
एसियाडका लागि ५६ स्थानमा तयारी पुरा भइसकेको जनाएको छ। एसियाडमा ४४ देशका ११ हजार भन्दा धेरै खेलाडी सहभागी हुने बताइएको थियो।
एसियाडमा नेपालले २३ खेलमा भाग लिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो। एसियाडका लागि नेपालमा पनि खेलाडी छनोट भइरहेको छ।
93
Shares
प्रतिक्रिया