ad ad

खेल


आउँदो सिजन म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा नहुने, युरोपा लिग पनि कठिन

आउँदो सिजन म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा नहुने, युरोपा लिग पनि कठिन

नेपालखबर
बैशाख २५, २०७९ आइतबार १२:२, काठमाडौँ

म्यानचेस्टर युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ। घरेलु लिगमा गएराति व्यहोरेको लज्जास्पद हारसँगै युनाइटेडको च्याम्पियन्स लिग खेल्ने सम्भावना सकिएको हो। 

अन्तिम खेल खेल्नुअघि युनाइटेड ५८ अंकसहित छैठौँ स्थानमा छ। २ खेल कम खेलेको टोटनह्यामको ६२ र ३ खेल कम खेलेको आर्सनलको ६३ अंक छ। अन्तिम खेल जिते पनि युनाइटेड अंक तालिकामा माथि जाने सम्भावना छैन। बरु युरोपा लिगबाट पनि बाहिरिने सम्भावना छ। 

सातौँ स्थानमा रहेको वेस्टह्यामले युनाइटेडभन्दा २ खेल कम खेलेको छ। बाँकी तीनै खेल जिते वेस्टह्याम छैठौँ स्थानमा रहँदै युरोपा लिग खेल्ने छ। यस्तो अवस्थामा अन्तिम खेल जिते पनि युनाइटेड युरोपा लिगबाट पनि बाहिरिनेछ।

क्रिस्टियानो रोनाल्डोको टोलीलाई गएराति ब्राइटनले ४–० को लज्जास्पद हार चखायो। जारी सिजन खराब प्रदर्शन गरिरहेको युनाइटेड खेलको १५औँ मिनेटमै पछि परेको थियो। मइसेस काइसेडोको गोलमा अग्रता लिएको ब्राइटनका लागि मार्क कुकुरेलाले ४९औँ मिनेटमा अग्रता दोब्बर पारे। 

पास्कल ग्रोबले ५७औँ र लेन्ड्रो ट्रोसार्डले त्यसको ३ मिनेटपछि गोल थप्दा पाहुना टोली निरीह देखियो। 

युनाइटेडले अन्तिम खेल क्रिस्टलप्यालेसको मैदानमा खेल्दै छ। यो खेल जिते मात्रै युरोपा लिग खेल्ने सम्भावना कायम रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .