ad ad

खेल


अलमुताइरी–खेलाडी विवादः एन्फाले बनायो छानबिन समिति, ७ दिनको म्याद

अलमुताइरी–खेलाडी विवादः एन्फाले बनायो छानबिन समिति, ७ दिनको म्याद

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०७९ आइतबार १७:५५, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ। 

ललितपरस्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य पहिचान गर्न आर्मीका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्य कमिटी गठन गरेको हो। 

कमिटीमा पूर्वखेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन्। कमिटीलाई एन्फाले एक सातामा विवादको सत्यतथ्यसहित छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गत  १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। 

क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् ।

प्रशिक्षक अलमुताइरीले पनि क्याम्प छाडेका खेलाडीको स्थानमा नयाँ खेलाडीलाई स्थान दिँदै प्रशिक्षण गराइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .