स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
लिग विजेता रियलमाथिको जित हात पार्ने क्रममा खेलको ४० औं मिनेटमा एथ्लेटिकोका यानिक कारास्कोले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
यससँगै एथ्लेटिकोले ३५ खेलबाट ६४ अंक हात पारेको छ।
रियलले समान खेलबाट ८१ अंक जोडेको छ। रियलले यसअघि नै लिगको उपाधि जितिसकेको छ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३५ खेलबाट ६९ अंक जोडेको छ।
81
Shares
प्रतिक्रिया