इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरले आ–आफ्नो खेलमा जित हात पारेका छन्।
आइतबारको पहिलो खेलमा बेंग्लोरले सनराइजेज हैदराबादमाथि ६७ रनको जित हात पारेको हो। पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। बेंग्लोरका लागि फाफ डुप्लेसिसले अविजित ७३ रनको पाली खेलेका थिए भने रजत पाटीदारले ४८ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो। हैदराबादका राहुल त्रिपाठीले ५८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
बेंग्लोरका वानिन्दु हसरंग डि सिल्भाले ५ विकेट लिए।
त्यस्तै अर्को खेलमा चेन्नईले दिल्ली क्यापिटल्समाथि ९१ रनको जित हात पारेको छ।
पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो।
चेन्नईका लागि डेभोन कोन्वेले ८७ तथा रुटुराज गाइक्वाडले ४१ रनको पाली खेलेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्ली १७ ओभर ४ बलमा ११७ रन बनाएर अलआउट भयो।
यससँगै चन्नईले ११ खेलबाट ८ अंक जोडेको छ भने बेंग्लोरले १२ खेलबाट १४ अंक हात पारेको छ।
Shares
प्रतिक्रिया