म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डका एर्लिङ हालान्डलाई आफ्नो टोलीमा भित्र्याउने तयारी गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार नर्वेका २१ वर्षीय हालान्डलाई ६ करोड ३० लाख पाउण्डमा सिटीले भित्र्याउन लागेको हो। यद्यपि सिटीले यसको आधिकारिक घोषणा भने गरेको छैन। यसै साता सिटीले आधिकारिकरुपमा यसको पुष्टि गर्न सक्छ।
समाचारमा बताइएअनुसार ट्रान्सफरको सबै प्रक्रियामा सम्झौता भइसकेको छ। यो सम्झौता पूरा भए यसपटकको लागि प्रिमियर लिगमा यो ठूलो ट्रान्सफरको सम्झौता हुन सक्छ।
प्रिमियर लिगका उपाधिको नजिक रहेको सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीमा एक राम्रो खेलाडीको आवश्यकता रहेको बताउँदै आएका छन्।
गत समरमा सिटीले टोटनह्यामबाट ह्यारी केनलाई ल्याउने प्रयास गरेको थियो। यद्यपि टोटनह्यामले ह्यारी केनलाई बेच्न चाहेन।
टोटनह्याममा केनको अझै २ वर्षको सम्झौता बाँकी छ। यस्तो अवस्थामा सिटीलाई हालान्डलाई टोलीाम भित्र्याउन सहज पनि छ।
हालान्डले १२१ लिगका खेलबाट ९२ गोल गरिसकेका छन्। गत वर्ष उनी च्याम्पियन्स लिगमा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
Shares
प्रतिक्रिया