नेपाली महिला क्रिकेट टोलीले युगाण्डासँग ५ खेलको सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारीअनुसार जेठ २ गतेदेखि ७ गतेसम्म उक्त सिरिज चल्नेछ।
उक्त सिरिजको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
यो सिरिजको पहिलो खेल जेठ २ गते हुने छ। दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ।
त्यस्तै चौथो खेल जेठको ६ र अन्तिम खेल जेठ ७ गते हुनेछ।
51
Shares
प्रतिक्रिया