ad ad

खेल


मेस्सीको दुई गोलमा पीएसजीको फराकिलो जित

मेस्सीको दुई गोलमा पीएसजीको फराकिलो जित

नेपालखबर
जेठ १, २०७९ आइतबार ५:५२, काठमाडौँ

फ्रेन्च लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मन्टपिलियरमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।

पीएसजीलाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे। त्यस्तै एन्जेल डि मारिया र कायलनि एमबाप्पेले समान १/१ गोल गरे। 

शनिबारको खेलको छैटौं मिनेटमा नै मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले २० औं मिनेटमा दास्रो गोल थपेका थिए। 

खेलको २६ औं मिनेटमा डि मारियाले अर्को गोल थपेका थिए। खेलको ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए। 

पीएसजीले यसअघि नै लिगको उपाधिमा कब्जा जमाइसकेको छ। उसले ३७ खेलबाट ८३ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको मोनाकोले समान खेलबाट ६८ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .