युगान्डासँगको दोस्रो टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो खेल खेल्दै छ।
पहिलो खेलमा पाहुना टोलीसँग १२ रनले पराजित भएको घरेलु टोली आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ।
युगान्डा भने नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।
खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। नेपालले युगान्डासँग ५ टी–२० आई सिरिज खेल्न लागेको हो।
36
Shares
प्रतिक्रिया