आगामी शुक्रबार सुरु हुने धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक भएको छ।
मंगलबार सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन २ खेल हुनेछ। पहिलो खेलमा लिटल फ्लावर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीबीच खेल्नेछन्।
दोस्रो खेलमा बुङगल क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आयोजक लिटल फ्लावर स्पोट्र्स एन्ड इभेन्ट्स प्रा.लि. ले गर्ने प्रतियोगिता आगामी १४ गतेसम्म चल्नेछ। खेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा हुनेछ।
प्रतियोगितामा बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलाली गरि ६ टोलीले स्पर्धा गर्नेछन्।
टी–२० फम्र्याटमा हुने प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर, ब्याटर तथा उदियमान खेलाडीले जनही ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
Shares
प्रतिक्रिया