कर्पोरेट फुटसलको दोस्रो संस्करण आगामी दोस्रो साता सुरु हुने भएको छ।
निलेन्द्र राज श्रेष्ठ (एनआरएस प्रतिष्ठान) ले प्रतियोगिता आगामी ७ गतेबाट सुरु गर्ने जनाएको हो।
कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रतियोगिता दुई वर्षपछि आयोजना गर्न लागेको प्रतिष्ठानका संस्थापक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा २३ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र फेयर प्ले टिमले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
51
Shares
प्रतिक्रिया