यही अन्तिम सातादेखि सुरु हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ।
कोरोना महामारीको कारण देखाउँदै पटक–पटक सर्दै आएको नवौँ खेलकुद यो पटक भने चुनाव र परीक्षालाई कारण देखाउँदै सारिनलागेको हो।
नवौँ खेलकुदमा सहभागी हुने खेलाडीलाई तयारीका लागि समय अभाव भएको भन्दै असोजसम्म प्रतियोगिता सार्ने तयारी गरेको छ।
अहिले स्थानिय तहको चुनाव र परिक्षाको कारण खेलाडीहरुलाई तयारी कम पुग्ने भएकाले नवौँ खेलकुद सार्ने तयारी भैरहेको छ यद्यपी नयाँ मिति भने अहिले नै नतोकिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदार रेग्मीले जानकारी दिए।
प्रतियोगिताको नयाँ मिति भने अब बस्ने मन्त्रीपरिषद् बैठकले तोक्नेछ। अहिले चुनावका कारण मन्त्रीपरिषद्को बैठक बस्न नसकेकाले मिति तोक्न नसकिएको डा. रेम्मीले बताए।
उनले थपे, ‘असोजमा गर्ने भनेर तयारी गरेका छौँ, सम्भवत वर्षाको समय र दशै तिहारलाई मध्यनजर राखेर प्रतियोगिता गर्नेछौँ। सायद दशैं र तिहारको बिचमा हुन्छ। होला।’
यसअघि जेठ २२ देखि २८ गते सम्म नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने भनेर मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो।
Shares
प्रतिक्रिया