नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवाद बारे छानबिन गर्न बनेको ३ सदस्यीय टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ।
पुर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका पुर्व उपरथी भिक्टर राणाको संयोजकत्वमा गठित समितीले १० दिन लगाएर तयार पारेको २८ पेजको प्रतिवेदन बुधबार एन्फा महासचिवलाई बुझाएको हो।
छानविन समितिमा भिक्टरसँगै पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा समावेश थिए।
समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव तुलाधरलगायत पदाधिकारी, प्रशिक्षक अल्मुताइरी, व्यवस्थापक र क्याम्पभित्र रहेका १ खेलाडीसहित १० खेलाडीसँग सोधपुछ गरेको थियो।
एन्फाले सात दिन भित्र प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनमा लाने विश्वास छानविन समितिले गरेको छ।
एन्फा महासचिव तुलाधरले प्रतिवेदनमा आएका सुझावका आधारमा एन्फाले थप निर्णय गर्ने बताए।
Shares
प्रतिक्रिया