नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज दोस्रो सातादेखि हुने भएको छ।
क्यानले बुबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म गर्ने जनाएको हो।
नेपाल टी–२० लिगका लागि खेलाडीलाई ३ श्रेणीमा राख्ने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। टी–२० लिगमा ए ग्रेडमा रहने खेलाडीले न्युनतम १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। बी ग्रेडमा रहने खेलाडीले न्यूनतम १० लाख र सी ग्रेडमा रहनेले ५ लाख रुपैयाँ पाउनेछन्।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोली सहभागी हुनेछन्। प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। ६ सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने भनिएपनि टोलीको नाम भने पछि सार्वजनिक गरिने क्यानले जनाएको छ।
क्यानले टी–२० लिगका लागि भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्सलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँमा रणनीतिक र कमर्सियल अधिकार यसअघि नै बेचिसकेको छ।
Shares
प्रतिक्रिया