ए्न्ट्राच्ट फ्रान्कफर्टले युरोपा लिगको उपाधि जितेको छ।
बुधबार भएको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्कफर्टले उपधिमाथि कब्जा जमाएको हो।
बुधबार भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो।
रेन्जर्सका लागि खेलको ५७ औं मिनेटमा जोए अरिबोले गोल गरेका थिए भने फ्रान्कफर्टका राफेल सान्तोस बोरे माउरीले ६९औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
निर्धारित समयमा खेलमा विजेताको टुङ्गो लाग्न नसकेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पेनाल्टी सुटआउटमा फ्रान्कफर्ट ५–४ गोल अन्तरले विजयी भएको हो।
60
Shares
प्रतिक्रिया