ad ad

खेल


आईपीएलः डि ककको शतकमा कोलकातामाथि लखनउको जित

आईपीएलः डि ककको शतकमा कोलकातामाथि लखनउको जित

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ६:५४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको बुधबारको खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि २ रनको रोमाञ्चक जित हात पारेको छ। 

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा विना कुनै विकेटको क्षतिमा २१० रन बनाएको थियो।

लखनउका लागि क्विन्टन डिककले अविजित १४० रनको शतकीय पाली खेलेका थिए। त्यस्तै के एल राहुलले ६८ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो।

कोलकाताका श्रेयस ऐय्यरले ५० रन बनाए भने नितिश रानाले ४२ तथा रिंकु सिंहले ४० रनको पाली खेले। यद्यपि यो जितका लागि पर्याप्त हुन सकेन। 

यससँगै लखनउले १४ खेलबाट १८ अंक हात पारेको छ भने कोलकाताले समान खेलबाट १२ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .