इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सी लिस्टर सिटी १–१ सँग बराबरीमा रोकिएको छ।
बिहीबारको खेलको छैटौं मिनेटमा नै लिस्टर सिटीका जेम्स माडिसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ३४ औं मिनेटमा मार्कोस एलोन्सोले चेल्सीको लागि बराबरी गोल फर्काए। खेलमा थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो।
यससँगै चेल्सीले लिगमा ३७ खेलबाट ७१ अंक हात पारेको छ। चेल्सी लिगको तेस्रो स्थानमा छ।
लिगको नवौं स्थानमा रहेको लिस्टर सिटीको समान खेलबाट ४९ अंक छ।
21
Shares
प्रतिक्रिया