इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले गुजरात टाइटन्समाथि ८ विकेटको जित हात पारेको छ।
बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६८ रन बनाएको थियो।
गुजरातका लागि कप्तान हार्दिक पाण्डेयाले अविजित ६२ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले १८ ओभर ४ बल खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। बेंग्लोरलाई जित दिलाउने क्रममा विराट कोहलीले ७३ रन बनाए भने फाफ डुप्लेसिसले ४४ तथा ग्लेन म्याक्सवेलले अविजित ४० रनको पाली खेले।
यससँगै बेंग्लोरले लिगमा १४ खेलबाट १६ अंक जोडेको छ। शीर्षस्थानमा रहेको गुजरातले समान खेलबाट २० अंक हात पारेको छ।
78
Shares
प्रतिक्रिया