नेपाली महिला क्रिकेट टोलीले शुक्रबार युगाण्डासँग चौथो टी–२० खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।
लगातार तीन खेल जित्दै युगाण्डाले यसअघि नै सिरिजमा कब्जा जमाइसकेको छ।
पहिलो खेलमा १२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा १ विकेटको हारको सामना गरेको थियो।
बिहीबार भएको तेस्रो खेलमा पनि नेपाल ६ विकेटले पराजित भएको हो।
पाँच खेलको टी–२० सिरिजका लागि युगाण्डाको टोली नेपाल आएको हो।
27
Shares
प्रतिक्रिया