युवा ब्याटर रोहित पौडेल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको उपकप्तान नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त गरेको हो।
क्यानले यसअघि सन्दीप लामिछानेलाई कप्तान नियुक्त गर्दा देखिनै उपकप्तान तोकेको थिएन। सन् २०१८ मा नामिबियासँगको लिष्ट ए खेलबाट रोहितले टोलीमा डेब्यु गरेका थिए।
एक दिवसीय खेलमा १ शतक र चार अर्धशतक प्रहार गरेका रोहितले कुल ६ सय २३ रन हानेका छन्।
रोहितले नेपाली टोलीबाट १७ एकदिवसीय, १६ टी-२० आई र ३२ लिष्ट ए खेलेका छन्।
यसअघि सिरिजका लागि क्यानले १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।
१५ सदस्यीय राष्ट्रिय टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल
Shares
प्रतिक्रिया