अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। त्यस्तै हाल उपाध्यक्ष रहेका वीर बहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन्।
निर्वाचन आउन एक महिना बाँकी छँदा शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन्। उनीहरु एउटै प्यानलबाट चुनावमा होमिएका छन्।
एन्फाको निर्वाचन आगामी असार ६ गते हुँदै छ।
उम्मेदवारी घोषणा गर्दै नेम्वाङले यसअघि परिवर्तनको नारा लिएर एन्फाको निर्वाचन जिते पनि अध्यक्षले आफूहरुलाई बेवास्ता गर्दै अघि बढेको बताए।
उनले अध्यक्षको पालामा एन्फामा आर्थिक अनियमितता बढेको आरोप लगाए।
आर्थिक अनियमितता बढेकाले फिफाले पनि एन्फालाई आर्थिक प्रतिबन्ध लगाएको उनले बताए।
87
Shares
प्रतिक्रिया