राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ क्वालिफायर्स खेल्ने टोलीको घोषणा गरेका छन्।
ग्रुप ‘ए’मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ।
नेपालको पहिलो खेल जुन ८ मा जोर्डनविरुद्ध हुनेछ भने जुन ११ मा कुवेतसँग भिड्नेछ।
अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा हुनेछ।
को–को परे?
घोषित टोलीमा गोलरक्षकतर्फ दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा रहेका छन्। त्यस्तै रक्षकमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल छन्।
यता मध्यपंक्तिमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल र सुरजज्यु ठकुरी रहेका छन्।
अग्रपंक्तिमा आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ रहेका छन्।
Shares
प्रतिक्रिया