इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्समाथि राजस्थान रोयल्सले ५ विकेटको जित हात पारेको छ।
शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५० रनको स्कोर खडा गरेको थियो।
चेन्नईका लागि मोइन अलीले ९३ रनको पाली खेले।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
राजस्थानका लागि यशस्वी जैसवाले ५९ रन बनाए भने रविचन्द्रन आश्विनले अविजित ४० रन बनाए।
यससँगै लिगमा राजस्थाले १४ खेलबाट १८ अंक हात पारेको छ भने चेन्नईले १४ खेलबाट ८ अंक जोडेको छ।
63
Shares
प्रतिक्रिया