नेपाली महिला क्रिकेट टोलीले शनिबार युगाण्डासँग अन्तिम टी–२० क्रिकेट खेल्दै छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा दिउँसो १ बजे खेल सुरु हुनेछ।
यसअघि भएको चार टी–२० खेलमध्ये युगाण्डाले तीन खेलमा जित हात पारेको थियो भने नेपालले १ खेल जितेको थियो।
पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा १ विकेटले हारेको थियो।
तेस्रो खेल ६ विकेटले हारेको नेपालले शुक्रबार भएको चौथो खेलमा भने १५ रनले जित हात पारेको थियो।
27
Shares
प्रतिक्रिया