इंंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको निर्णायक तथा अन्तिम खेलमा जित हात पार्दै म्यानचेस्टर सिटीले लिगको उपाधि जितेको छ।
आइतबारको खेलमा सिटीले एस्टन भिल्लामाथि ३–२ गोल अन्तरको जित हात पारेको हो।
आइतबारको खेलको ३७ औं र ६९ औं मिनेटमा गोल खाँदै २–० ले पछि परेको म्यानचेस्टर सिटीले नतिजा उल्ट्याउँदै जित हात पारेको हो।
सिटीले खेलको ७६ देखि ८१ मिनेटबीचको ५ मिनेट अन्तरमा ३ गोल गरेको हो।
यससँगै सिटीले लिगको सबैखेल सकिँदा ९३ अंक पायो भने दोस्रो स्थानमा रहेको लिभरपुलले ९२ अंक हात पार्यो।
चेल्सी ३८ खेलबाट ७४ अंकसहित तेस्रोमा रह्यो।
60
Shares
प्रतिक्रिया