इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको आइतबार राति भएको लिगको अन्तिम खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादमाथि ५ विकेटको जित हात पारेको छ।
आइतबार पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो।
हैदरावादका लागि अभिषेक शर्माले ४३ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
पञ्जाबका लागि लियाम लिभिङस्टोनले अविजित ४९ रन बनाए।
आईपीएलमा यसपटक गुजरात टाइटन्स, राजस्थान रोयल्स, लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंग्लोर प्ले अफमा पुगेका छन्।
मंगलबार गुजरात टाइटन्स र राजस्थान रोयल्सबीचको खेल हुनेछ।
108
Shares
प्रतिक्रिया