एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सोमबार पत्रकार सम्मेलनमार्फत शेर्पाले उम्मेदवारीघोषणा गरेका हुन्।
शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, उपेन्द्रमान श्रेष्ठ र विज्ञानराज शर्मा रहेका छन्।
त्यस्तै, सदस्यमा दीपक थापा (फ्रेन्ड्स क्लब), प्रवीन यादव (सिरहा जिल्ला), रुपेश अधिकारी (साँगा क्लब), लेकेन्द्र गुरुङ (लमजुङ), रामराजा गुरुङ (बाग्लुङ), टीकाराम लामा (मकवानपुर), प्रदेशसिंह राठोर (बाँके), भरतजंग थापा (जुम्ला), अनिल श्रेष्ठ (मछिन्द्र क्लब), रमेश व्यञ्जनकार (सीवाईसी क्लब), मणिराम विष्ट (खुमलटार क्लब) र मनीष जोशी (भगवती क्लब) रहेका छन्।
सोमबारको उम्मेदवारी घोषणा कार्यक्रममा ५४ जना मताधिकार प्राप्त सदस्य उपस्थित भएका थिए।
एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी असार ६ गते साधारणसभा हुँदै छ।
Shares
प्रतिक्रिया