एएफसी यू–२० एशियन कप छनोटमा नेपाल बंगलादेश र भुटान रहेको समूह बी मा परेको छ।
एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह बी मा परेको छ।
नेपाल रहेको समूहमा बंगलादेश र भुटानसँगै कतार, बहराइन छन्। समूह बी का खेलहरु बहराइनमा हुनेछ।
यू–२० एशियन कप छनोटमा ४४ समूहलाई १० समुहमा विभाजन गरिएको छ। एएफसी यू–२० एशियन कप सन् २०२३ मा उज्वेकिस्तानमा हुनेछ।
एएफसी यू–१७ एशियन कप छनोटमा नेपाल समुह एफ मा परेको छ। नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेको समूह एफमा परेको हो।
यू–१७ एशियन कप छनोटमा सहभागी हुने ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ।
यो समूहको खेल अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ। समूह विजेताले बहराइनमा हुने एसियन कपमा स्थान बनाउने छन्।
51
Shares
प्रतिक्रिया