ad ad

खेल


क्यानले बढायो क्रिकेट खेलाडीको पारिश्रमिक

क्यानले बढायो क्रिकेट खेलाडीको पारिश्रमिक

नेपालखबर
जेठ ११, २०७९ बुधबार ११:४८, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले अप्रिल १ गतेबाट लागू हुने गरेर राष्टिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी र मैदान कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। 

क्यानको मंगलबार राति सम्पन्न बैठकले टी२० लिगका लागि टोलीहरुको नाम राख्नुका साथै खेलाडीको पारिश्रमिक वृद्धि गरेको  प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो। 

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सबै पुरुष खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरेको जनाएको छ। महिला टोलीको सी ग्रेडमा रहेका खेलाडीको ५, बी र ए ग्रेडको खेलाडीको मासिक पारिश्रमिकमा ६ हजार रुपैयाँले वृद्धि भएको छ।  

यस्तै मैदान कर्मचारीको मासिक पारिश्रमिकमा ३ हजार, मैदान कार्यालय सहयोगीको ५ हजार र त्रिवि मैदानको पिच क्युरेटरको पारिश्रमिक ६ हजार रुपैयाँले बढेको छ। 

यस्तै क्यानको बैठकले नेपाल टी २० लिगका लागि ६ शहरको नाममा फ्रेन्चाइज टोलीको घोषणा गरेको छ। क्यानले लिगका लागि विराटनगर, जनकपुर, काठमाडौ, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्नको नाम घोषणा गरेको छ। 

साथै संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य लिगलाई राष्ट्रिय मान्यता प्राप्त लिगको मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। नेपालमा यसअघि सञ्चालन भएका अन्य फ्रेन्चाइज लिगले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद पनि दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .