लिभरपुलका फरवार्ड मोहम्मद सलाहले आगामी सिजनमा पनि लिभरपुलमै बस्ने बताएका छन्।
यद्यपि नयाँ सम्झौताको विषयमा भने उनले केही बताएका छैनन्।
सन् २०२३ को जुन महिनाबाट सलाहको लिभरपुलसँगको सम्झौता सकिँदै छ। यस्तोमा उनले नयाँ सम्झौता गर्छन् वा लिभरपुल छाड्छन् भन्ने आशंकाका बीच सलाहले आफू अर्को सिजन लिभरपुलमै रहने बताएका छन्।
सलाहले शनिबार हुन गइरहेको च्याम्पियन्स लिगको फाइनलबारे भने आफूले केही पनि बताउन नचाहेको उल्लेख गरे।
यद्यपि उनले उपाधि लिभरपुलले नै जितेको हेर्न चाहेको बताए।
उनले अहिलेको अवस्थामा आफ्नो ध्यान लिभरपुलसँग हुने सम्झौतामा नरहेको सलाहको भनाइ छ। यसो गर्दा आफू स्वार्थी भएको देखिने उनको भनाइ छ।
लिभरपुलका अर्का खेलाडी साडिओ मानेले पनि च्याम्पियन्स लिगको फाइनलपछि आफूले लिभरपुलमा बस्ने वा नबस्ने भन्नेबारे निर्णय गर्ने बताएका छन्।
Shares
प्रतिक्रिया