एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ।
ईपीएल र छवटा अन्य फ्रेन्चाइजहरुले क्यानविरुद्ध कानुनी प्रक्रियामा जाने भन्दै रिट दायर गरेका हुन्।
क्यानले नेपाल टी२० लिग एउटामात्रै नेपालमा सञ्चालन हुने भन्दै अन्य लिगलाई मान्यता नदिने बताएपछि ईपीएल सर्वोच्च गएको हो।
नेपालमा ईपीएलले चार संस्करण पूरा गरी पाँचौँ गर्ने तयारी भइरहँदा क्यानले एकपक्षीय निर्णय गरेको र ईपीएलले नेपाली क्रिकेट क्षेत्रमा दिएको योगदानको सम्मान नगरेको आरोप लगाएको थियो।
केही दिनअघि ईपीएलले पत्रकार सम्मेलन नै गरी ईपीएल गर्न नदिए क्यानसँग व्यावसायिक घरानीयाले सम्झौता र सहकार्य नदिने बताएपछि क्यानले पनि प्रेस विज्ञप्ति जारी गर्दै नधम्क्याउन भनेको थियो। तर ईपीएलले भने आफूहरुले क्यानलाई नधम्क्याएको भन्दै आग्रह गरेको जनाएको छ।
क्यानले नेपाली कानुनविरुद्ध गएर अघि बढेको र यसले धेरै प्रश्न उठेको दायर गरेको रिटमा उल्लेख छ।
खासगरी भारतीय कम्पनीसँग प्राइभेट सम्झौता गरेर नेपाली कानुन नमानेको ईपीएलले आरोप लगाएको छ। त्यसलाई ईपीएलले अपारदर्शी, पक्षपाती र कानुन उल्लंघन भनेको छ।
Shares
प्रतिक्रिया