ad ad

खेल


डिएगो कार्लोसलाई २ करोड ६० लाख पाउण्डमा भित्र्याउँदै एस्टन भिल्ला

डिएगो कार्लोसलाई २ करोड ६० लाख पाउण्डमा भित्र्याउँदै एस्टन भिल्ला

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ६:४७, काठमाडौँ

एस्टन भिल्लाले सेभिल्लाका डिएगो कार्लोसलाई २ करोड ६० लाख पाउण्डमा भित्र्याउने भएको छ।

बिहीबार २९ वर्षीय यी खेलाडीलाई क्लबमा भित्र्याउने विषयमा सम्झौता भएको हो। 

ब्राजिलियन फुटबलर कार्लोसलाई यसअघि न्युकास्टल युनाइटेडले पनि आफ्नो टोलीमा भित्र्याउन चाहेको थियो।

यद्यपि उसको प्रयास सफल भने हुन सकेको थिएन। कार्लोसले मेडिकल र अन्य व्यक्तिगत सम्झौताको लागि इंग्ल्याण्ड जानेछन्। 

गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिकमा ब्राजिलले स्वर्णपदक जित्दा कार्लोसले ६ खेल खेलेका थिए।

सेभिल्लाले कार्लोस एस्टन भिल्ला जाने सम्झौता भएको बताउँदै उनको सफल यात्राको कामना गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .