ad ad

खेल


आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स भिड्दै

आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स भिड्दै

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १४:४८, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा शुक्रबार साँझ राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैग्लोर भिड्दै छन्। 

खेल साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ। आजको खेलको विजेताले फाइनलमा आइतबार गुजरातसँग खेल्नेछ। 

पहिलो क्वालिफायर खेलमा बैग्लोरलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स आइपीएलको फाइनलमा पुगिसकेको छ। 

एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बैग्लोरले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो। 

सन् २०१६ पछि फाइनलसम्मको यात्रा तय गर्न नसेको बैग्लोर फाइनल पुग्ने लक्ष्यमा हुनेछ। उता सन् २००८ मा आइपीएलको च्याम्पियन टोली राजस्थान त्यसयता उपाधि यात्रा तय गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .