रियल मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ।
शनिबार राति भएको फाइनल खेलमा लिभरपुललाई १–० गोल अन्तरले पराजित रियल मड्रिडले उपाधिमाथि कब्जा जमाएको हो।
शनिबारको खेलमा रियल मड्रिडलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा भिनिसस जुनियरले निर्णायक गोल गरे।
लिभरपुलको तर्फबाट कुनै गोल हुन सकेन।
रियलको जितसँगै प्रशिक्षक कार्लो एन्सेलोटी पनि आफ्नो टोलीलाई चौथो च्याम्पियन्स लिगको उपाधि दिलाउने प्रशिक्षक बनेका छन्।
261
Shares
प्रतिक्रिया