ad ad

खेल


आईपीएलः उपाधिको लागि आज राजस्थान र गुजरात भिड्दै

आईपीएलः उपाधिको लागि आज राजस्थान र गुजरात भिड्दै

नेपालखबर
जेठ १५, २०७९ आइतबार ११:३६, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आइतबार राति राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै छन्। 

खेल अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा सवा ८ बजे सुरु हुनेछन्। 

शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान फाइनलमा पुगेको हो। राजस्थान सन् २००८ पछि पहिलो उपाधि जित्ने योजनामा छ। 

गुजरातले भने पहिलो क्वालिफायर खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। गुजरात पहिलो सिजनमा नै आईपीएलको उपाधि उचाल्न चाहन्छ।

​लिग चरणमा भएका दुई भेटमा गुजरात हाबी भएको थियो। त्यसैले पनि राजस्थानको उपाधि यात्रामा गुजरात कठिन बन्न सक्नेछ।

तर, लिग चरणमा भोगेको हारको बदला लिँदै उपाधिको स्वाद लिने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .