रुसले गत फेब्रुअरीयता निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ।
युक्रेनमाथि रुसले आक्रमण गरेयता पहिलोपटक युक्रेनले पहिलोपटक स्कटल्याण्डसँग बुधबार राति प्ले अफको खेल खेल्दै छ।
यसअघि रुसले युक्रेनमाथि गरेको आक्रमणको कारण यो खेल रोकिएको थियो। यो खेल जित्ने टोलीले कतार विश्वकपमा छनोटका लागि वेल्ससँग खेल्नेछ।
खेल हुनुभन्दा अघिको पत्रकार सम्मेलनमा युक्रेनका कप्तान ओरोक्सान्डर जिन्चेन्का भावुक बनेका छन्।
‘अहिले प्रत्येक युक्रेन नागरिकले यो युद्ध रोकियोस् भन्ने चाहेका छन्’ उनले भने।
युक्रेनका पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा आँसु झार्दै जिन्चेन्कोले थपे, ‘म के पनि भन्न चाहन्छु भने अहिले धेरै मुलुकले बुझ्न नसकेको कुरा हो– आज जे युक्रेनले भोगिरहेको छ, त्यो भोलि तपाइँहरुले भोग्नुपर्ने हुन सक्छ।’
उनले विश्वका सबै मुलुकलाई रुसी आक्रामकताविरुद्ध एक हुन आग्रह गरे।
इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका जिन्चेन्कोले स्कटल्याण्डसँगको खेलमा युक्रेनी नागरिकको खुसीको लागि सकेसम्मको प्रयास गर्ने बताए।
Shares
प्रतिक्रिया