नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथामा पुर्याइएको छ।
खड्का र मल्लको जर्सी फुरा छिरिङ शेर्पा, निग्मा टासी शेर्पा र उनको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका हुन्।
आफ्नो जर्सी सगरमाथामा पुगेपछि पूर्वकप्तान खड्काले आफ्नो जर्सी सगरमाथामा आफ्नो जर्सी पुग्नु सम्मानको कुरा भएको बताउँदै एकदिन आफैं सगरमाथा पुग्ने आशा रहेको बताएका छन्।
यस्तै पूर्व कप्तान मल्लले सफल सगरमाथा आरोहण गरेकोमा छिरिङ शेर्पा र टासी शेर्पालाई बधाई दिएका दिँदै आफ्नो जर्सी विश्वको शीर्ष स्थानमा पुर्याएकोमा आभार व्यक्त गरेका छन्।
57
Shares
प्रतिक्रिया