कतार विश्वकप २०२२ छनोट अन्तर्गतको प्ले अफ सेमिफाइनलको खेलमा युक्रेनले स्कटल्याण्डमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
बुधबार राति भएको खेलमा युक्रेनले जित हात पार्दै आफ्नो विश्वकपमा पुग्ने सम्भावनालाई कायम राखेको हो।
बुधबारको खेलको ३३ औं मिनेटमा नै युक्रेनका एन्ड्री यार्मोलेन्कोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ४९ औं मिनेटमा रोमन यारेम्चुकले अर्को गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ७० औं मिनेटमा कालम म्याग्रेगरको गोलबाट स्कटल्याण्डले खेलमा फर्किने प्रयास गरेको थियो।
तर, खेलको इन्ज्युरी समयमा आर्टेम डोभबिकले अर्को गोल थप्दै युक्रेनलाई ३–१ को जित दिलाए। अब विश्वकपमा छनोटको लागि युक्रेनले वेल्सको सामना गर्नेछ।
102
Shares
प्रतिक्रिया