यूईएफए नेसन्स लिगअन्तर्गतको शुक्रबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–१ गोल अन्तरले पराजित भएको छ।
शुक्रबारको खेलमा फ्रान्सका लागि करिम बेन्जेमाले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
यद्यपि खेलको ६८ औं र ८८ औं मिनेटमा डेनमार्कका आन्द्रेश कोर्नेलिउसले गोल गर्दै टोलीलाई जित दिलाए।
कोर्नेलिउसले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेका हुन्।
त्यस्तै शुक्रबार भएको अर्को खेलमा अष्ट्रियाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गर्यो।
यससँगै समूह एमा अष्ट्रिया र डेनमार्कले ३/३ अंक हात पारेका छन् भने फ्रान्स र क्रोएसिया अंकविहीन छन्।
225
Shares
प्रतिक्रिया