यूईएफए नेसन्स लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले बेल्जियममाथि ४–१ गोलअन्तरको फराकिलो जित हात पारेको छ।
शुक्रबारको खेलमा बेल्जियममाथि फराकिलो जित हात पार्ने क्रममा नेदरल्याण्ड्सका मेम्फिस डिपेले २ गोल गरेका थिए।
त्यस्तै स्टेभिन बेर्गविन र डेन्जेल डुम्फ्राइजले १/१ गोल गरे।
खेलको अन्तिम समयमा बेल्जियमका मिकी बाट्सुआयीले सान्त्वना गोल फर्काएका थिए।
त्यस्तै समूह डी को अर्को खेलमा पोल्याण्डले वेल्समाथि १–० गोल अन्तरको जित हात पारेको थियो।
150
Shares
प्रतिक्रिया