यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा इटाली र जर्मनी बराबरीमा रोकिएका छन्।
कतार विश्वकपमा छनोट हुन नसकेपछि नयाँ र युवा खेलाडी टोलीमा समावेश गरेको इटालीले शनिबारको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाएको हो।
शनिबारको खेमा ७० औं मिनेटमा इटालीका लागि लोरेन्जो पेलेग्रिनीले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
यद्यपि त्यसको तीन मिनेटपछि जर्मनीका लागि जोशुआ किमिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
त्यसपछि खेलमा थप गोल हुन नसकेपछि दुवैले अंक बाँडेका हुन्।
159
Shares
प्रतिक्रिया