यूईएफए नेन्सन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा इंगल्याण्ड हंगेरीसँग १–० गोल अन्तरले पराजित भएको छ।
समूह सी अन्तर्गतको खेलमा हंगेरीलाई जित दिलाउन खेलको ६६ औं मिनेटमा पेनाल्टीमार्फत डोमिनिक स्जोबोस्ज्लाईले गोल गरे।
खेलमा थप कुनै गोल हुन सकेन र हंगेरीले महत्वपूर्ण तीन अंक हात पारेको हो।
समूह सी अन्तर्गतको अर्को खेलमा जर्मनी र इटालीले बराबरी खेलेका थिए।
90
Shares
प्रतिक्रिया