ad ad

खेल


रोहितको शतकीय पालीमा दोस्रो अभ्यास खेलमा नेपाल २९ रनले विजयी

रोहितको शतकीय पालीमा दोस्रो अभ्यास खेलमा नेपाल २९ रनले विजयी

नेपालखबर
जेठ २२, २०७९ आइतबार ८:३५, काठमाडौँ

विश्वकप लिग–२ को सिरिजको लागि तयारीमा रहेको नेपालले अमेरिकामा दोस्रो अभ्यास खेलमा हउस्टन हरिकेन्समाथि २९ रनको जित हात पारेको छ।

शनिबार राति भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर २५० रन बनाएको थियो।

नेपालका लागि रोहित पौडेलले ९० बल खेल्दै १०१ रन बनाएका थिए। आरिफ शेखले ४२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २४ रन बनाए।

हउस्टन हरिकेन्सका मोहम्मद ऐय्यसले पाँच विकेट लिएका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको हरिकेन्स ४३ ओभर ३ बल खेल्दै २२१ रनमा समेटियो।

हरिकेन्सका लागि निनाद निम्बल्करले ८१ बल खेल्दै ९९ रन बनाए। नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए।

त्यस्तै सागर ढकाल र किशोर महतोले २/२ विकेट लिएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .