स्पेनी टेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपनको १४ औँ उपाधि हात पारेका छन्। उनले नर्वेका क्यास्पर रुडलाई ६–३ ६– ६–० ले हराए।
आइतबारको फाइनल खेलमा नाडालको एकोहोरो दबदबा कायम रह्यो। योसँगै उनले लगातार ११ खेल जितेका हुन्।
३६ वर्षीय नाडालले १७ वर्षअघि पहिलो पटक फ्रेन्च ओपन जितेका थिए। यसपटक उनी यो उपाधि जित्ने सबैभन्दा पाका खेलाडी बनेका छन्।
सबैभन्दा बढी २२ ग्रान्ड स्लाम जित्ने खेलाडीको कीर्तिमान नाडालको नाममा छ। उनीपछि रोजर फेडेरर र नोभाक जोकोभिचले २० ग्रान्ड स्लाम जितेका छन्।
114
Shares
प्रतिक्रिया