युरोपेली च्याम्पियन इटालीलाई हराउँदै फाइनलसिमा–२०२२ को उपाधि जितेको अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इस्टोनियामाथि गोलवर्षा गरेको छ।
आइतबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोलको फराकिलो अन्तरले हराएको हो।
अर्जेन्टिनालाई फराकिलो जित दिलाउने क्रममा उत्कृष्ट लयमा रहेका कप्तान लियोनल मेस्सी एक्लैले पाँच गोल गरे।
उनले अर्जेन्टिनालाई फराकिलो जित दिलाउने क्रममा खेलको आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका थिए।
त्यसपछि मेस्सीले खेलको ४५ औँ मिनेटमा गोल गर्दै अग्रता २ गोलले अघि बढाए।
त्यसपछि दोस्रो हाफ सुरु हुनेबित्तिकै मेस्सीले गोल थपेर ह्याट्रिक पूरा गरे। मेस्सी त्यतिमै रोकिएनन्।
उनले खेलको खेलको ७१ औँ मिनेटमा चौथो व्यक्तिगत गोल गर्न सफल भए। चौथो गोल गरेको ५ मिनेट नबित्दै मेस्सीले अर्को गोल थपेपछि अर्जेन्टिनालाई ५-० को फराकिलो जित दिलाउन सफल भए।
Shares
प्रतिक्रिया