क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगलले युईएफए नेशन्स लिग फुटबल प्रतियोगितामा स्विजरल्यान्डविरुद्ध फराकिलो जित दर्ता गराएको छ।
प्रतियोगिताको समूह चरणअन्तर्गत आइतबार राति पोर्चुगलले स्विजरल्याण्डमाथि ४-० गोलको जित निकालेको हो।
पोर्चुगललाई प्रभावशाली जित दिलाउने क्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत २ गोल गर्न सफल भए।
पोर्चुगलका लागि खेलको सुरुवाती पाँचौँ मिनेटमै विलियम कार्भाल्होले गोल गर्दै अग्रता दिन सफल भए।
त्यसपछि खेलको ३५ औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २-० को अग्रता बनायो।
पहिलो गोल गरेको चार मिनटेपछि अर्थात खेलको ३९ औँ मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै अग्रता ३-० मा पुर्याए।
खेलको दोस्रो हाफमा पनि पोर्चुगल आक्रमक देखियो। उसका लागि खेलको ६८ औँ मिनेटमा जोआ कान्सेलोले गोल गरेर ४-० को जित पक्का गरे।
स्विजरल्यान्डविरुद्ध फराकिलो जितपछि लिगको ए समूह २ मा पोर्चुगलले ३ अंक बनाएको छ। उसले २ खेलबाट ४ अंक बनाएको छ।
Shares
प्रतिक्रिया